सामुहिक बलत्कार प्रकरणमा पक्राउ परेका कराँतेका प्रशिक्षकद्वय विनोद राउत र सुवेदी जेल चलान

खबर पूर्वाञ्चल, ६ भाद्र २०७९, सोमबार १७:४०
12.75k
Shares
विराटनगर / जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदी पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशले आज पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् ।

अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुवैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरि अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकोले आइतबार बयान र थुनछेक बहस भएको थियो । आइतबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुको बहस नसकिएपछि आज मात्र सकिएको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सकेपछि आदलतले आदेश गरेको हो ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत् इटहरी उपमहानगरपालिका–८ की १९ वर्षीया छात्रा हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ ।

अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए। पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ। तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५