पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा आज बसेको १० औं बैठकले २५ हजार २५ रुपैयाँ राशिको पुरस्कार लम्जेललाई दिने निर्णय गरेको हो।पत्रकार महासंघ धनकुटाका सचिव रहेका लम्जेल अन्नपूर्ण पोस्टका धनकुटा समाचारदाता पनि हुन् ।
पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आउँदा सोमबार पुरस्कार वितरण गरिने महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । उनका अनुसार पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली रहने छन् ।
त्यसैगरी, महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी वैशाख २० गते (मे ३, २०२६) विराटनगरमा आँखा जाँच शिविर आयोजना गर्ने निर्णय पनि गरेको छ । बैठकले २०८२ सालको सदस्यता नवीकरण चैत मसान्तभित्र अनिवार्य रूपमा गरिसक्न सबै साधारण सदस्यहरूलाई आग्रह गरेको छ ।