पूर्वाञ्चल खबर

नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउनुको साथै कलेजको नियम र कसरी पढ्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ, यस विषयमा पनि जानकारी गराएको व्यवस्थापन संकायका कार्यक्रम संयोजक शंकर भट्टराई बताए ।
शिक्षादीप कलेज अब्बल शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका भएर गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीपमा विद्यार्थी अध्ययन गर्न लालहित हुने गरेको छ ।
शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने मध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, मुख्य निर्देशक शैलेन्द्र शिवाकोटी र निर्देशक डा. विमल श्रीवास्तबले कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य गरेर थप मनोरञ्जन प्रदान गरेका थिए । यस अघि कलेजेले विज्ञान संकायको श्रावण ५ गते अभिमुखिकरण कार्यक्रम गरेको थियो । विज्ञान संकायमा ८ सय ५० विद्यार्थी भर्ना गरेको छ ।