खबर पूर्वाञ्चल
लकडाउन अवधीभर विराटनगरको सडकमा बस्ने तथा विपन्न नागरिकलाई खाना वितरण गरेका आलमको समुहले शनिबारदेखि पूनः निःशुल्क खाना वितरण सुरु गरेका हुन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगरमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा सडकमा बस्नेहरु भोकभोकै भएको जानकारी पाएपछि खाना वितरण अभियान सुरु गरेको यूवा अभियान्ता आलमले भने ।
शनिबार पहिलो दिन बजार क्षेत्रमा १ सय ८ जनालाई बसेकै ठाउँमा खाना पूर्याइएको उनले बताए । आज दोस्रो दिन १ सय ६४ जनालाई खाना खुवाएको आलमले बताए । भोकभोकै रहेको जानकारी पाएपछि निःशुल्क खाना वितरण अभियान सुरु गरेका छौं । आलमले भने ‘ सरकार तथा महानगर पालीकाले जुन दिनसम्म निःशुल्क खाना वितरण गर्दैन हाम्रो समुहले निषेधाज्ञा अवधीभर निःशुल्क खाना वितरण गर्ने आलमले बताए ।