खबर पूर्वाञ्चल
कार्कीलाई आज दिउँसो विराटनगरको बरगाछी घरदेखि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमाणका आधारमा चालक कार्की नै रहेको देखिएकाले पक्राउ गरिएको मोरङका प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
कार्कीलाई प्रहरीले अहिले मोरङ अदालतमा म्याद थप गरिन लगिएको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गर्ने भएको छ । ‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गरिन अदालत लिएका गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’
बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।
तपाईको प्रतिक्रिया