AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०८३, मंगलवार १६:११
3
Shares
विराटनगर / विराटनगर – १० मा रहेको शिक्षादिप स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा आज निर्वाचन गरेर हेड ब्वाइज र हेड गल्स चयन गरेको हो ।

१० जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित भए थिए भने ३४ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए । विद्यालयको हेड ब्वाइजमा मनिकान्त यादव र हेड गल्समा मोनिका अधिकारी निर्वाचित भएकाृ स्कुलका को–अर्डिनेटर गनेश गौतमले जानकारी दिए ।

त्यस्तै ब्लु हाउस क्याप्टेनमा एन्जेल तामाङ चयन भए भने भाइस क्याप्टेनमा रितिका भट्टाई चयन भए । ग्रिन हाउस क्याप्टेनमा राज यादव चयन हुँदा भाइस क्याप्टेनमा प्रिजु मेहता, रेड हाउस क्याप्टेनमा मानवी खरेल चयन हुँदा भाइस क्याप्टेनमा जोया एकवाल चयन भए र येल्लो हाउस क्याप्टेनमामा इन्द्रनारायन यादव चयन हुँदा भाइस क्याप्टेनमामा विष्मा पुरी चयन भए ।

निर्वाचन प्रकृयामा कक्षा ५ देखि कक्षा १० सम्म ४ सय ५५ जना विद्यार्थी सहभागि रहेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर