AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मिल्स गोल्डपको सेमिफाइनल समिकरण पनि पूरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०८१, बुधबार १९:०७
216
Shares
विराटनगर / मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजकको लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलको अन्तरले पराजित गरि लेटाङ्ग अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णाय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा लेटाङ्गका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोल रक्षक पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाइ गरिदिए । टाइब्रेकमार दुई गोल सेभ गर्ने पूर्ण खेलको प्लेयर अफ द म्याच घोषित भए । लेटाङको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे ।

जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइलनमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । लेटाङको जितसँगै मिल्स गोल्डपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि मंगलबार पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइलनमा पुगिसकेको छ । फ्युजन फुटबल क्लब उदयपुरले सप्तरीको प्रोगेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइलनको यात्रा सुरक्षित गरेको छ । पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।

अन्तिम क्वाटर फाइलन खेल प्रतिस्पर्धात्मक भएको थियो । खेल सुरू भएको ४ औं मिनेटमा आयोजक लागि गुराँसले अग्रता लिएको थियो । भुवन बस्नेतले चलाखी पूर्ण तरिकाले जाली चुमाउदै टिमलाई अग्रता दिलाए । आशिष लावतीले निकालेको क्रस पासलाई भुवनले पोस्टको दिशा दिएका थिए । आयोजकले अग्रता लिएको १३ मिनेट बित्न नपाउँदै लेटाङले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको १६ औं मिनेटमा लेटाङका अनोप मगरले निकालेको पासलाई सागर तिवारीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । बराबरीमा आएपछि खेल रोमाञ्चक बन्यो । दुवै टिमका खेलाडीहरुले निर्धारित समयमा गोल गर्ने थुप्रै अवसर खेर फाल्दा खेल टाइब्रेकरतर्फ धकेलियो । त्यसपछि टाइब्रेकरमा लेटाङले जित निकाल्न सफल भयो । बिहीबारको पहिलो सेमिफाइलन खेल गाइघाटको फ्यूजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर