०७४ को स्थानीय तह निर्वाचनमा तीन वटा वडा अध्यक्ष र केही सदस्यलाई निर्वाचित गराउन सकेको एमालेले कांग्रेस र जनता समाजवादी पार्टीको प्रभाव क्षेत्रमा पनि झण्डा फहराउन सफल भएको छ ।
विराटनगरमा एमालेबाट शिल्पा निराला कार्की सहित ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले विराटनगर ३ मा वडाध्यक्ष बासु वस्नेत, ४ मा जितन थापा, ८ मा राम पोखरेल, १४ मा सुर्यनारायण महतो र १९ मा श्याम घिमिरे सहित प्यानलै जितेको छ ।
विराटनगर १ मा वडाध्यक्ष काजीबहादुर वस्नेत सहित ३ सदस्य, २ मा कुमार पोखरेल सहित एक सदस्य, १० मा अर्जुन गिरी सहित २ सदस्य, ११ मा तिर्थेन्द्र न्यौपानेसहित २ सदस्य , वडा नम्वर १२ मा ३ जना सदस्य, १३ मा ३ सदस्य निर्वाचित भएका छन् ।
०७४ मा एमालेले जितेको विराटनगर वडा नम्वर ५ गुमाएको छ । विराटनगर २ र ११ मा एमालेका उम्मेदवारले निरन्तरता पाएका छन् । एमालेले विराटनगर १, ३, ४, ८, १०, १४ र १९ मा विजयी हासिल गरेको छ ।
तपाईको प्रतिक्रिया