खबर पूर्वाञ्चल
विरामीलाई अस्पतालले कोरोनाको त्रासको कारणले अन्यन्त्र पठाएपछि उपचार नपाएर विरामी बिचल्लीमा परेका हुन् ।
विराटनगर – १२ का दरैयाका ६७ वर्षिय श्यामप्रसाद क्षेत्रीलाई बिहीबार राती खोक्दा रगत आएपछि उनी शुक्रबार गोल्डेन हस्पिटलमा चिकित्सकलाई देखाउन आएका थिए । क्षेत्रीे गोल्डेन अस्पतालका चिकित्सक श्याम रौनियारलाई देखाउन ओपीडिको पूर्जी काटेर देखाउन लाइनमा बसे । चिकित्सक आउने समय भएपछि जब देखाउन अस्पतालको दोस्रो तल्लामा प्रवेश गर्न खोजे सुरक्षा गार्डले प्रवेशद्धारको मुख्य गेटमा रोके । अस्पतालले कोरोनाको आशंका गर्दै क्षेत्रीलाई कोशी अस्पताल लैजान सुझाब दिदै अन्यन्त्र पठाइदिए । ‘६ वर्षदेखि डाक्टर रौनियारलाई देखाउँदै आएका थिए,’ उनले भने, ‘राती समस्यामा परेपछि हस्पिटल आएको भए पनि उपचारबाट बन्चित हुनुपरेको छ ।’
यस्तै विराटनगर १६ की अमृतादेवी मण्डलको छाती बेसरी दुखेपछि गोल्डेन अस्पतालमा आए । उनले विगत ६ वर्षदेखि गोल्डेन अस्पतालका चिकित्सकसँग उपचार गर्दै आएका थिइन् । शुक्रबार सहन नसक्ने गरी अमृताको छाती दुखेपछि उनलाई लिएर बुहारी सपना गोल्डेन अस्पताल आएकी थिइन् । उनलाई पनि अस्पतालले अन्यन्त्र पठाइ दियो । आमाको क्षाती र मुटु सारो दुखो भन्दै रुन थालेपछि हतारमा अस्पताल लिएर आएको भएपनि हस्पिटलले विरामी हेर्न नमानेको उनले बताइन् ।
गोल्डेन अस्पतालको चिकित्सकलाई देखाउन आउने विरामी श्यामप्रसाद र अमृतादेवी मात्र होइन यहाँ शुक्रबार आएका एक दर्जन विरामीलाई अस्पतालले कोरोनाको त्रासको कारणले अन्यन्त्र पठाएपछि उपचार नपाएर विरामी बिचल्लीमा परेका छन् ।
अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु अस्पतालले मानवता बिर्सेको विरामी लिएर आएका विराटनगरका देशबन्धु ढकालले बताए ।
यता हस्पिटलका प्रबन्धक मोहमद ज्याउलहकले दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको अवस्थामा सावधानी अपनाएर हस्पिटलले सेवा प्रदान गर्दै आएको दाबी गरे । उनले ओपीडिमा आउने विरामीको स्क्रिनिङ्ग गरेर विरामीको उपचार गर्न पठाउने गरेको बताए ।
भिडियो
https://www.youtube.com/watch?v=2E1jrh7mfPc