चुनावी माहौल आफ्नो पक्षमा पार्दै एमालेका युवा नेता पर्शुराम बस्नेत

खबर पूर्वाञ्चल, ४ कार्तिक २०७९, शुक्रबार ११:४७
261
Shares
विराटनगर /नेकपा एमालेकोतर्फबाट मोरङ क्षेत्र नं. ६ (ख)प्रदेशसभाका उम्मेदवार पर्शुराम बस्नेतले चुनावी माहौल आफ्नो पक्षमा बनाउँदै लगेका छन् ।

मजदुर र युवा संघबाट राजनीति शुरू गरेका बस्नेतले समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई भेटघाट गरेर चुनावी माहौल आफ्नो पक्षमा पार्ने अभियानमा जुटेका हुन्् । माहौल आफ्नो पक्षमा पार्नका लागि उनले यस क्षेत्र भित्र पर्ने हरेक सामाजिक संघ–संस्था र विभिन्न क्षेत्र र वर्गमा मानिसहरु माझ पुगिसकेका छन् ।

बस्नेतको सक्रियतामा अन्य पार्टी छाडेर एमालेमा प्रवेश गर्ने क्रम पनि बढदोे छ । विराटनगर–६ का निवर्तमान वडाध्यक्ष विजय कामत अर्को पार्टी छाडेर असोज २४ गते एमाले प्रवेश गरेर बस्नेतको अभियानमा जुटेका छन् । जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेर स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा उपमेयरकी लडेकी बसुन्धरा झासहित १ सय ६५ जना कार्तिक १ गते एमाले प्रवेश गरेपछि माहौल अझ पक्षमा बन्दै गएको छ ।

मजदुरबाट आफ्नो करियर सुरु गरेका बस्नेतलाई विराटनगर क्षेत्रका मजदुरको पनि साथ मिलेको छ । बिहिबार राठी ग्रुपले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी मजदुरले यस पटक परिवर्तनकालागि भए पनि पर्शुराम बस्नेतलाई मतदान गर्ने बताए । उनीहरुले विगतका जनप्रतिनिधिले मजदुरका समस्या समाधान गर्न नसकेको बताउँदै बस्नेतले मजदुरकार समस्या सरकार समक्ष पुर्याउनेमा आशावादी रहेको बताए ।

हुने सँग लिने र नहुनेलाई दिने गरी दुःखको साथी सामाजिक संस्था संचालन गरेका बस्नेत यस क्षेत्रका सबै जातजाती, भाषाभाषीबीच लोकप्रिय छन् । एमालेको भातृ संगठन नेपाल खेलकूद महासंघका केन्द्रीय अध्यक्ष र एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य बस्नेत तीन दशकभन्दा बढी समय एमाले मोरङको राजनीतिमा सक्रिय छन् । हरेक कष्ट दुःखको बेला जनतालाई सहयोग गर्ने बस्नेतलाई मोरङका मतदाताले रुचाएका हुन् । रोगी , विरामी र गरिबीदेखि उच्च शिक्षा आर्जन गर्न नसक्ने निम्नस्तरका विद्यार्थीलाई बस्नेतले निरन्तर सहयोग गरेका छन् ।

सत्ता गठबन्धनले यस क्षेत्रमा विवादि छविका काँग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ । तर नेपाली कांग्रेसकै प्रदेश १ समिति सदस्य गोपाल रेग्मीले स्वतन्त्र र जनार्दन निरौलाले नेपाली कांग्रेस विपीबाट प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५