AArya
RUMPUM
animated ellipse animated ellipse

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको उनकै श्रीमान प्रेम दाहालको गरे हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०८२, बिहीबार १८:०३
1.42k
Shares
विराटनगर / धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए।

प्रहरी अनुसन्धानबाट वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको छ। प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, ‘श्रीमानले भारु पाँच लाख रुपैयाँमा सुपारी दिएको र त्यसपछि हत्या गर्नका लागि एक भारतीय नागरिक आएका थिए। श्रीमानले श्रीमतीको हत्याका लागि पहिले नै ३० हजार रुपैयाँ एडभान्स दिएको र बाँकी रकम काम सम्पन्न भएपछि दिने सर्त रहेको थियो। ’

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चुनुकुमारीको हत्यामा उनको परिवारका सदस्यहरू समेत संलग्न रहेको पाइएको छ। अनुसन्धानले यस घटनामा कुल ६ जनाको संलग्नता रहेको देखाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीम दाहालले घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए। ‘यस घटनामा केही व्यक्तिलाई पक्राउ गरिएको छ। अहिले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिनेछौं,’ उनले भने।

सुनसरी प्रहरीले पक्राउ परेकाहरूको विरुद्धमा कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतमा म्याद थपका लागि पेश गरेको छ। प्रहरीले पत्रकार सम्मेलनपछि मात्रै पक्राउ परेका व्यक्तिहरूको पहिचान सार्वजनिक गर्ने जनाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्। उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर