खबर पूर्वाञ्चल
आज पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए । उनले भने, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्त्वपूर्ण हुन्छ ।’
अब अन्य आयोजनाको छनौट गरेर आवस्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टीसहित योजना छनौट हुने बताए । कार्यक्रममा सहभागीवक्ताहरूले समयमै निमार्णको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् ।