विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइ गर्ने तयारी

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७९, मंगलवार १९:४४
13.06k
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।

सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको जानकारी दिइन् । उपमेयर कार्कीले सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण ऐन २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुका साथै सचेतनामूलक प्रचारप्रसार र अनुगमनलाई तीव्र पार्ने बताइन् । “महानगरले ऐन, नियमलाई कडाइका साथ लागू गर्छ,” उनले भनिन्, “महानगरभित्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्नुका साथै सेवनमा समेत रोक लगाइनेछ । त्यसका लागि हामी छलफल गर्छौं, समिति बनाउन परे बनाउँछौं, माइकिङ गर्न परे गर्छौं ।”

यसैबीच, नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकमा देखिएको छ । सुर्तीजन्य पदार्थको सेवन गरेकै कारण बर्षेनी नेपालमा २५ हजार मानिसको मृत्यु हुने गरेको छ भने विश्वमा प्रति ८ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको छ । स्वास्थ्य महाशाखाका अमरदीप देवले धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको बताए ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले नसर्ने रोगहरू मधुमेह, हृदयाघात, मस्तिष्क घात र क्यान्सर लाग्नुमा सुर्तीजन्य पदार्थको सेवन प्रमुख कारण रहेको प्रस्ट्याए । फोक्सोको क्यान्सरबाट मृत्यु भएका मानिसहरूमध्ये ७१ प्रतिशतको मृत्युको कारण धुम्रपानको सेवन रहेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी वक्ताहरूले महानगरक्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य र धुम्रपानको प्रयोग बढ्दो रहेकाले त्यसलाई नियन्त्रण न्यूनीकरण गर्न महानगरपालिकाले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका थिए । १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले बढीजसो सुर्तीजन्य पदार्थ सेवन तथा धुम्रपान गर्ने गरेको कार्यक्रममा बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. बबर भकत लेख्नुहुन्छ

    परचार को लागी मातर परसार नगरूंम वासतवमा धुमरपान नियनतरण गरन कोशिस गरन चाहनु हुनछ भने , खुला चुरोट बिडी १/२ खिली जसतो वीकरी बनद ,तोकिएको पसल मा मातर १८ वरष माथिको ले पाकेट मातर खरीद गरनु परने , गुटका को उतपादन अनि आयत मा रोक लगाउनुस , ५० ०/० धुमरपान नियनतरण हुनछ

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५