AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाढीले क्षति पु¥याएको विद्यालयलाई विद्यार्थी परिषद्को सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७८, शनिबार १७:४८
342
Shares
काठमाण्डौं / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ ।

परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री आज हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच वेँशीसहर लमजुङमा भानु मध्यामिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्री हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ । गत असारमा आएको बाढीका कारण मनाङ जिल्लामा करोडौंको क्षति भएको थियोे । त्यसमा भानु मा विमाध्यमिक विद्यालय पनि परेको थियो । बाढीले विद्यालयमा क्षति पु¥याएपछि नियमित पठापाठन रोकिएको थियो ।

उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर