AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजमा दिए १४३२ जना विद्यार्थीले प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०८२, बिहीबार १६:२४
828
Shares
विराटनगर / गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ।

कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन्।
कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको भएपनि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए। यो संख्याले कलेजप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण र विश्वासलाई देखाएको छ।

संकायगत कोटा वितरणका आधारमा कलेजमा विज्ञान संकायमा ४ सय ५० जना, व्यवस्थापन संकायमा ४ सय ५० जना र होटल व्यवस्थापन संकायमा १ सय ५० जनाको कोटा निर्धारण गरिएको छ। सबै संकायमा कोटाभन्दा बढी विद्यार्थीहरूले आवेदन दिएका छन्।

प्रिन्सिपल नेपालका अनुसार एसईईमा ४ जिपिए ल्याउनेदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले कान्तिपुर कलेजलाई आफ्नो पहिलो रोजाइको रूपमा लिएका छन्। यसले कलेजको शैक्षिक गुणस्तर र प्रतिष्ठालाई झल्काउँछ।

‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं र विद्यार्थीहरूको यो उत्साहजनक सहभागिताले हाम्रो मेहनत र लगनशीलताको परिणाम देखाएको छ,’ प्रिन्सिपल नेपालले भने।

कलेजले आफ्ना विद्यार्थीहरूलाई आधुनिक सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसैले गर्दा कलेजको प्रतिष्ठा र विश्वसनीयता निरन्तर बृद्धि भइरहेको छ।

प्रवेश परीक्षाको परिणामको आधारमा योग्य विद्यार्थीहरू छनोट गरिने र छनोट भएका विद्यार्थीहरूलाई भर्ना प्रक्रिया अगाडि बढाइने कलेजले जनाएको छ। प्रवेश परीक्षामा टप १० मा पर्ने विद्यार्थी ५० देखि १०० प्रतिसत छात्रवृत्ति दिने प्रिन्सिपल नेपालले जानकारी दिए । साथै एसईईमा ३.९५ देखि ४ जिपिए ल्इाउँने विद्यार्थीलाई पूर्ण तथा स्कुल प्रथम र जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिने प्रिन्सिपल नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर