AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद महानगरको उच्च प्राथमिकतामा छ : मेयर कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०८०, शनिबार २०:०२
99
Shares
विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताए । उनले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गरे । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिरे । उनले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गरे ।

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाए । उनले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिए । खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उनले बताए । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उनको भनाइ थियो ।

यसैबीच, आज भएको फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ । खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए ।

खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ । विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर