पूर्वाञ्चल खबर
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशमा लैंगिक हिंसा ( जीवीभी) र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) को अवस्था, विश्लेषण र समीक्षा हुने मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले जानकारी दिइन्। उनका अनुसार सवै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले पालिकागत रुपमा समूहगत प्रस्तुती गर्ने छन् ।
प्रदेश स्तरिय सम्मेलनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश सरकारले लैंगिक हिंसा विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले किशोरी शक्तिकरण, अपाङ्गता लक्षित कार्यक्रमहरु प्रदेश भरिका सवै स्थानीय तहमा सञ्चालनमा रहेको बताए ।
मन्त्रालयका सचिव उद्धव रिजालले लैंगिक हिंसाको विषय पेचिलो बनेर आएको बताए। लैंगिक हिंसा निवारणका लागि सवै स्थानीय तहहरुमा लैंगिक हिंसा निवारण कोष स्थापना गरि एकरएक लाख बजेट चालु आर्थिक वर्षदेखि उपलब्ध गराइएको बताए।