animated ellipse animated ellipse

शिक्षादिप र अरनिको कलेज हिसान क्रिकेटको अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७८, मंगलवार १६:४७
2.18k
Shares
पुष्पराज थपलिया
विराटनगर / शिक्षादिप र अरनिको कलेज विराटनगरमा जारी हिसान क्रिकेटको अन्तिम चारमा प्रवेश गरेको छ ा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज भएको खेलमा शिक्षादिप कलेज र अरनिको कलेज विजयी भईे अन्तिम चारमा प्रवेश प्रवेश हो ।

पहिलो खेलमा शिक्षादिपले कान्तिपुर कलेजलाई २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय ९ रनको सामान्य स्कोर खडा गरेको थियो । शिक्षादिपका कृष्ण चौधरीले ३५ रन बनाउँदा रविन राजवैशीले २५ रन तथा रामरिजन यादव र निलेश देवले १०–१० रनको योगदान दिएका थिए । कान्तिपुरका बाबु गोइत र पप्पु यादवले २–२ विकेट लिँदा सुमन यादव र पप्पु मण्डलले १–१ विकेट लिए ।

जवाफमा १ सय १० रनको सामान्य चुनौती पछ्याएको कान्तिपुरले १६ दशमलव १ बलमा सवै विकेट गुमाई ८१ रनमा सिमित भयो । कान्तिपुरका भोला सेठले २२ रन बनाउँदा महमद सकिम र कृष्ण गुप्ताले ११–१७ रनको योगदान दिए । शिक्षादिपका म्यान अफ द म्याच रामरिजन यादवले ३ विकेट लिए । त्यस्तै महमद मुम्ताजले २ विकेट लिँदा मनिष घिमिरेले पनि २ विकेट दिए ।

दोस्रो खेलमा अरनिको कलेजले लर्डबुद्ध कलेजलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ८३ रनको झिनो लक्ष्य दिएको थियो । लर्डबुद्धका विवेश साहले १४ रन जोड्दा सुमित शर्माले १२ रन र शिशिर चौधरीले ११ रनको योगदान दिए । अरनिकोका अंकित मण्डलले ४ विकेट लिए । मण्डलले ३ दशमलव ५ बल बलिङ गर्दै १८ रन दिए । त्यस्तै अविशेक बरालले २ विकेट लिँदा रिषि यादवले पनि २ विकेट लिए ।

जवाफमा ८३ रनको झिनो लक्ष्य पछ्याएको अरनिकोले ११ दशमलव २ बलमा ४ विकेट विजय लक्ष्य पार गरेको थियो । अरनिकोका अंकित मण्डलले २७ रन बनाउँदा दिपुकुमार स्र्वणकारले १८ रन तथा योगश कहरले अविजित १२ रनको योगदान दिए । लर्डबुद्धका आदित्य राजले २ विकेट दिए । अरनिकोका अलराउण्डर खेलाडि अंकित मण्डल खेलको म्यान अफ द म्याच घोषित भए ।

बुधबारको पहिलो खेल सगरमाथा कलेज र काशी क्याम्पस र दोस्रो खेल अरनिको कलेज र ग्रिनल्याण्ड कलेजविच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर