भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

खबर पूर्वाञ्चल, २४ श्रावण २०७९, मंगलवार १८:४३
243
Shares
विराटनगर / विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ ।

आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ ।

विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । पाठ्यक्रममा समावेश वा शिक्षक÷विद्यार्थीले लेखेका १ घण्टा अवधिका नाटक शिक्षक÷विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ । जसमा अभिनय गर्ने कलाकार पनि उहि विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ ।

नाटक तयार पार्न सहजिकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने अध्यक्ष क्षेत्रीले बताए । इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेबसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो । त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन । १० दिनको महोत्सव अवधिभर २ हजार भन्दा धेरै विद्यार्थीको प्रत्यक्ष÷अप्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ ।
फारम भर्नका लागि पोष्टरको क्यूआर कोड स्क्यान गर्नुहोला वा यो लिंकमा क्लिक गर्नुहोला ।

https://docs.google.com/forms/d/1l3MgTskBRDgulWDCiprb_0YyKOhI_DN9fqeJDIObjfM/viewform?edit_requested=true&fbclid=IwAR2BRCdI7Ahcsm_EPO0TdmynSCq9J8rTvVvTavdqZ0bwVn17ga9jgFvFgrI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५