AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाली कांग्रेस वडा नम्बर १२ द्वारा टोल समिति गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७८, सोमबार १८:४१
234
Shares
विराटनगर/ नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ कार्यसमितिले टोल समिति गठन गरेको छ । सोमबार बसेको कार्यसमिति बैठकले १६ वटा टोल समिति गठन गरेको हो ।

वडासभापति हरिनारायण यादवका अनुसार पाञ्चाली टोल समितिको संयोजकमा सुमित्रा पौडेल, गणेश मन्दिर टोल समितिमा तारा ओझा, कामत चोक समितिमा गणेश निरौला, मलङनुहुवा समितिमा रामनारायण काम, दरैया स्कुल टोल समितिमा प्रमोद शर्मा, दरैया आदर्श टोल समितिमा गोपाल शर्मा, सिकियाइ समितिमा केशरबहादुर तामाङ, कोशी प्रोजेक्ट समितिमा भरत विष्ट चयन भएका छन् ।

त्यस्तै रोडशेष चोक समितिमा रीता पोखरेल, मजुवा समितिमा गायत्रा दास, पूर्वबखरीमा शान्ता चौधरी थारु, पश्चिम बखरीमा शान्ति ऋषिदेव, गडाहा टोलमा रमिला कोइराला, लक्ष्मीनारायण टोलमा किशोर माली, अभिवादन टोलमा नवराज कोइराला र उत्तर बखरी टोल समितिको संयोजकमा राजन कर्णलाई जिम्मेवारी दिइएको वडा समितिका सचिव ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

समितिका संयोजकले टोलमा आइपर्ने समस्यासँगै विकास निर्माणका काममा सहजीकरण गर्नेछन् । त्यस्तै आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आफ्नो टोलमा कांग्रेसको उपस्थितिलाई थप बलियो बनाउनसमेत संयोजकहरुले भूमिका खेल्ने सचिव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर