पूर्वाञ्चल खबर
कलेजले आज उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराइएको कलेजले जनाएको छ ।
प्रिन्सिपल ढकालले प्राकृतिक विपत्तिको कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु विद्यालयको पनि दायित्व भएको बताए । ‘विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,’ उनले भने ।
कलेजले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा प्राकृतिक विपत्तिका बेला सहयोग गर्दै आएको ढकालले बताए ।
हिसान मोरङले आफ्ना सदस्य विद्यालयबाट संकलन हुने राहत रकम एकमुष्ट रूपमा केन्द्रीय हिसानमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
‘अहिले सदस्य विद्यालयहरूबाट राहत रकम संकलन भइरहेको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए ।
‘मोरङ हिसानबाट पनि रकम केन्द्रमा पठाउनेछौं । त्यसपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ,’ हिसान मोरङका अध्यक्ष ढकालले भने ।