animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ श्रावण २०७७, आईतवार २१:१५
1.27k
Shares
विराटनगर / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्य राती १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मुल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर