animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन जेठ १९ गते हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०८१, शुक्रबार ०६:५२
144
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङको १४ औं जिल्ला अधिवेशन आगामी जेठ १९ गते हुने भएको छ ।

पत्रकार महासंघ मोरङको विहिबार विराटनगरमा बसेको २२ औं बैठकले जिल्ला अधिवेशन जेठ १९ गते विराटनगरमा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभाका अवसरमा अग्रज पत्रकारहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गतवर्ष देखि शुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिदै साधारणसभाका अवसरमा सम्मान गर्ने निर्णय गरिएको महासंघका सचिव अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशनका अवसरमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानमा स्वेच्छीकरुपमा सदस्यता त्याग गर्ने साधारण सदस्यहरुलाई पनि सम्मान गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाईएको छ ।

कार्यवहाक अध्यक्षको विवादका कारण नेपाल पत्रकार महासंघले निर्धारण गरेको मितिमा अधिवेशन गर्न नसकेको मोरङ शाखाले गत जेठ ६ गते मोरङमा क्रियाशिल पत्रकारका संगठनहरुवीच भएको सहमति पछि अधिवेशन हुने वातावरण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर