पूर्वाञ्चल खबर
आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परि पाँचथर याङवरक गाउँपालिका २ का ५० बर्षीया ममता राईको उपभारको क्रममा मृत्यु भएको हो । घाइते भएका सोही स्थानका १९ बर्षीया हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीया डोडकुमार राईको अबस्था सामान्य रहेको छ ।
एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८ बर्षीय विरेन्द्र धिताल जिलला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेको छ ।