animated ellipse animated ellipse

कोशी अस्पतालमा एक जना कोरोना संक्रमतिको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७७, सोमबार २०:०२
2.63k
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको आइसुलेशनमा कोरानो संक्रमण पुष्टि भएको एक जना पुरुषको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका १ घर भइ विराटनर ८ मधुमरामा बस्ने ४७ वर्षिय पुरुषको उपचारको क्रममा आज साँझ ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राती ७ बजे अस्पतालको आइसोलेनमा भर्ना भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । आइतबार बिहान ७ बजे रिपोट पोजेटिभ आएको डा. दासले जानकारी दिए । ‘अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ उनले भने, ‘थप उपचारको लागि कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा पठाउने तयारी गर्दा मृत्यु हुन पुग्यो ।’

कोशी अस्पतालमा यस अघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ । यो सँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ । यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना र मोरङ रंगेलीका १, सुनवर्षी, बुढीगंगा गाउँपालिकालका १ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुने एक जना विराटनगर २ का महिला र ९ जना पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर