AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिटी सफारी चालकसँग मनलाग्दी रकम असुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७९, बिहीबार १८:५४
1.28k
Shares
विराटनगर/ विराटनगर महानगरपालिका १६ रानीमा स्थानिय केही युवाको समूहले सिटी सफारी चालकहरूसँग मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको सिटी चालकहरूले गुनासो गरेका छन् ।

सीमावर्ती बजार जोगवनी जाने र आउने यात्रुहरू बोक्ने सिटी सवारी चालकहरूलाई विराटनगरको रानीका मनोज सिंहको नेतृत्वको १५ देखि २० जनाको समूहले रकम असुली गर्ने गरेको उनीहरूको गुनासो गरेका हुन् ।

इ रिक्शा चालक संघका अध्यक्ष राकेश धमालका अनुसार रानी जाने सिटी सवारीलाई मनोज सिंहको समूहले प्रत्येक सवारीलाई १० देखि ३० रुपैयाँ लिने गरेका छन् । ‘गुण्डागर्दै शैलीमा सिंहको समूहले सिटी सवारी चालकहरूसँग मनलाग्दी रकम असली गर्दै आएका छन्,’ अध्यक्ष धमालले भने, ‘गैरकानुनी हिसाबले रकम असुली गरेको विषयमा हामीले स्थानिय प्रहरी प्रशासनसम्मा पनि जानकारी गराएका छौं । अहिलेसम्म कुनै सुनवाइन भएको छैन ।’

विराटनगरबाट रानी दैनिक १ हजार सिटी सवारी ओहोरदोहोर गर्ने गरेका अध्यक्ष धमलाले जानकारी दिए । ‘रानीमा पुग्ने प्रत्येक सिटी सफारीलाई पैसाँ लिने गरेका छन्,’ उनले भने, ‘प्रत्येक टिपको १० रुपैयाँ लिने गर्दछन् । विराटनगरमाबाट दिनमा पाँच टिप लगाउने सफारी पनि रहेको छ । उनीहरूसँग प्रत्येक टिपको पैसाँ लिने गरेका छन् । हामी सिंहको असुली धन्दाबाट आजित भइसक्यौ ।’ पैसाँ नदिएपछि सिंहको समूहले आक्रमण गर्ने गरेको अध्यक्ष धमलाले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसरी गैरकानुनी तरिकाले कसैले पनि पैसाँ असुली गर्न नपाइने बताए । ‘यसरी लिएको रहेछ भने प्रहरी प्रशासनलाई भनेर कारबाहीको दायरमा ल्याउँछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

यता मनोज सिंहले सिटी सफारी व्यवस्थापन गरेबापत चालकहरुको मनखुसीले पैसाँ दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर