RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट स्कुलले शुरु गर्याे कोशी प्रदेशमा पहिलो पटक ‘ह्यापीनेश करिकुलम’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०८१, आईतवार १६:२९
288
Shares
विराटनगर / विराटनगर ५ को एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ ।

चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो ।

पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ । आज कार्यशालाको उद्घाटन कार्यक्रममा प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको बताए । उनले चालु शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म शुरु गरिएको बताए ।

प्राचार्य पुरीले ह्यापीनेश करिकुलम स्थानीय सरकारको प्राथमिकता भित्र पर्न आवस्यक रहेकोमा जोड दिए । उनले भने,‘ विराटनगर महानगरले ह्यापीनेश करिकुलम बनाएर पालिकाका सवै विद्यालयमा लागू गरे राम्रो हुने थियो ।’ शिक्षाको विकासले मात्रै मुलकको विकास संभव रहेको नीति निर्माताले बुझ्न आवस्यक रहेको बताए । विकसित राष्ट्रमा शिक्षकको बेग्लै महत्व भएपनि हाम्रो देशमा त्यस्तो हुन नसकेमा गुनासो गरे ।

एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले शैक्षिक क्षेत्रमा एभरेष्टले नयाँपन दिन खोजेको बताए । उनले ह्यापीनेश करिकुलमका विज्ञहरुलाई ल्याएर कार्यशाला आयोजना गरिएको बताए ।

दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरु श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्ने छन् । शुक्ला भारतको नयाँ दिल्लीमा ह्यापीनेश करिकुलमको अवधारणा विकास गर्ने मध्येका एक हुन् । पाण्डे नेपालमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गर्ने व्यक्ति हुन् । उनले नवलपुरमा रहेको आफ्नो विद्यालयबाट ह्यापीनेश करिकुलम शुरु गरेका थिए ।

कार्यशालामा एभरेष्ट स्कुलका १ सय ५० शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको भाईस प्रिन्सीपल नारायण कडरियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर