animated ellipse animated ellipse

विराटनगरमा २३ सहित प्रदेश १ मा थपिए ६४ संक्रमित, दुई जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ भाद्र २०७७, सोमबार १६:२५
1.51k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा २३ सहित प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । विराटनगरबाहेक सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबमट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर