RUMPUM
animated ellipse animated ellipse

विराटनगर इन्टरनेसनल कलेजमा कार्निभल हुदै, रकहेड्स ब्याण्डको प्रस्तुति हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०८०, बुधबार १८:१३
135
Shares
विराटनगर / विराटनगर इन्टरनेसनल कलेजमा हरेक बर्ष झैँ यस वर्ष पनि कार्निभल आयोजना हुने भएको छ ।

कलेजमा पुष २७ गते अटम कार्निभल आयोजना हुन लागेको हो । कार्निभल साथै सोहि दिन उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति वितरणको कार्यक्रम समेत रहेको कलेजले जनाएको छ ।

उक्त कार्निभलमा युवाहरुमा चर्चित ब्याण्ड रकहेड्सको विशेष प्रस्तुति कलेजका विद्यार्थीहरुको लागि हुनेछ भने कलेजका विद्यार्थीको गायन तथा नृत्य , विभिन्न खेल र खानाका स्टलहरु पनि राखिने कार्यक्रम रहेको छ। कलेजले आफ्नो स्थापनाको १०औ वार्षिकोत्सवको रुपमा पनि उक्त कार्यक्रम मनाउन लागेको हो ।

कलेजमा इन्टरनेसनल विजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गर्ने कलेजका विजनेश डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिए ।

विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल विजनेस म्यानेजमेन्ट (विआइविएम) र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजले विदेशनै गएर ठुलो लगानीमा अन्तराष्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर