AArya
RUMPUM
animated ellipse animated ellipse

लकडाउनसँगै ईटा उद्योग ठप्प हुँदा श्रमिकहरु समस्यामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ जेष्ठ २०७७, शुक्रबार २०:०३
3
Shares
विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनीकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै सबै उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प हुँदा श्रमिकहरु समस्यामा परेका छन् ।

लकडाउनका कारण मोरङ सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु ीवशेष दैनिक ज्यालादारीमा ईटाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका हुन् । प्रदेश नम्बर १ मा मोरङ सुनसरी कोरिडोर अन्तर्गत सञ्चालन भएका करिब ६ सय उद्योगहरुमा काम गर्ने ६० हजारबढी कामदारहरु प्रत्यक्ष प्रभावित भएका छन् भने झापा, मोरङ, सुनसरी र सप्तरी सञ्चालन भएका १ सय बढी ईटाभट्टाहरुमा करिब २० हजार बढी नेपाली तथा भारतीय कामदारहरु रहेका छन् ।

रोजीरोटीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लाबाट ईट्टा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरुको पारिवारिक आयस्रोत समेत शुन्य भएको छ । उद्योगीहरुले खान र बस्ने व्यवस्था त मिलाईदिएका छन्, तर कति दिनसम्म भन्ने बिषयको जवाफ कसैसँग छैन । भारतीय कामदारसँगै नेपाली कामदारहरु पनि आफ्नो घर फर्कन पाएका छैनन् ।

उनीहरु जस्तै उक्त ईट्टा उद्योगमा कार्यरत अन्य २ सय ४३ जना कामदारहरुको परिस्थिति समान छ । उनीहरुको व्यवस्थापनका लागि आवश्यक पहल तथा प्रयासहरु भईरहेको उद्योगका सञ्चालकहरु बताउँछन् । सरकार र भारतीय राजदुतावासम्म प्रयास जारी रहेको उनीहरुको भनाई छ ।

लकडाउनको ५८ दिनमा हाल औद्योगिक क्षेत्रमा कार्यरत १ चौथाई कामदारहरु रोजगार विहिन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर