खबर पूर्वाञ्चल
आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो ।
बरामद गरेको चाँदी करिब ४० केजी रहेको बुझिएको छ । विराटनगर भन्सार कार्यालयका सूचना पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए । ‘बरामद गरिएको चाँदी तौलिने काम हुन लागेको छ,’ उनले भने, ‘तौलिएपछि परिमाण थाहा हुनेछ ।’ सुनचाँदी व्यवसायी संघका प्रतिनिधि समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए ।
विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरिएको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लास्टिकको बोरामा हालेर लगिएको छ ।
प्रहरीले पसलमा काम गर्ने एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ ।
तपाईको प्रतिक्रिया