animated ellipse animated ellipse

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७८, आईतवार १५:४९
450
Shares
विराटनगर / प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो ।

युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल माक्स ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ लिटरको ५० थान र के ९५ माक्स ३ सय थान प्राप्त भएको साहले बताए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवस्यक रहेको बताइन् । सवै पक्षको सहयोगमा कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईले बताइन् । सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह समेत गरिन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर