रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार पत्रकार नवोदितलाई

खबर पूर्वाञ्चल, २२ असार २०७७, सोमबार २०:१७

विराटनगर / स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी धर्मपत्नी मायादेवीको नाममा स्थापित पुरस्कारबाट पत्रकार एवं साहित्यकार मीनकुमार नवोदित पुरस्कृत भएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार नगद राशिको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित सम्मानित भएका हुन् । उनलाई नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, पुरस्कारका संस्थापक सुभाष रिजाललगायतले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र समर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताए । उनले सबैतिर समस्या नै समस्या भएकाले स्वास्थ्य र राजनीतिक अवस्था पनि सहज बन्न नसकेको गुनासो गरे । प्रमुख सचेतक केदार कार्कीले रमाप्रसाद रिजाल प्रजातान्त्रिक आन्दोलनका एक असल योद्धा भएको बताए । उनले पत्रकारको पेशा अहिले संकटमा परेको र यसलाई व्यवस्थित गर्न आवश्यक रहेकामा जोड दिए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार र पत्रकारिता क्षेत्रमा अहिले संकट आइपरेको उल्लेख गरे । उनले महानगरले पनि पत्रकारिता क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।

पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कार काम गर्न प्रेरणा मिल्ने बताए । उनले आगामी वर्षदेखि पुरस्कारको राशि २१ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरे । हाल पुरस्कारका लागि २ लाखको अक्षयकोष स्थापना गरिएको छ । त्यसलाई बढाएर ३ लाख पु¥याउने संस्थापक रिजालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन प्रदेश संयोजक लीलावल्लव घिमिरे, युनियन मोरङका अध्यक्ष कुमार लुइँटेल, सल्लाहकार शंकर खरेल, महासंघ मोरङ उपाध्यक्ष कुमोद अधिकारी, युनियन जिल्ला उपाध्यक्ष विनोद सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५