RUMPUM
animated ellipse animated ellipse

जिल्लामा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउन मन्त्री राईको जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७८, बुधबार १९:१५
423
Shares
विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवश्यक रहेको बताएकी छिन् ।

कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा उनले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउँनमा उनले जोड दिइन् । मन्त्री राईले भनिन,‘ जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’ उनले जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवश्यकता रहेकोमा पनि जोड दिइन् ।

झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको उनले बताइन् । मन्त्री राईले भनिन,‘ जिल्ला स्तरमा अव हामी व्यस्थित अस्पताल बनाऔं ।’ प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवस्यक रहेकोमा उनको जोड छ । उनले भनिन,‘ स्वास्थ्यका लागि योजना बनाएर अघि बढौैं, कोभिडले हामीलाई यो कुरा सिकाएको छ ।’ मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आईरहेकोले आवश्यकताका आधारमा चाडैं पठाइने बताइन् । उनले स्वास्थ्य कार्यालयहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सवै जिल्लाहरुमा रकम पठाईने तयारी भईरहेको जानकारी दिइन् । उनले स्थानीय तह तथा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद समेत दिइन् ।

बैठकमा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरुले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर