AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुशासनको महत्त्वपूर्ण आधार मिडिया नै हो : मन्त्री भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०८१, आईतवार १७:४५
99
Shares
विराटनगर / नेपाली मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले बताएका छन् ।

विराटनगरमा आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको सञ्चार माध्यमको सवलीकरणमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताएक हुन् । उनले मिडिया कमजोर भए सुशासन पनि कमजोर हुने बताए ।

लोकतन्त्र कमजोर हुँदा गणतन्त्र विरोधिहरू सलवलनाउने मन्त्री भण्डारीको भनाई छ । सुशासनको महत्त्वपूर्ण आधार मिडिया नै हुने उनको भनाई छ ।

मन्त्री भण्डारीले कोशी प्रदेश सभामा पेश भएको संचार विधेयक चालू आर्थिक बर्षभित्रमा सर्वसम्मत रूपमा पारित गरिने बताए।

कार्यक्रममा मोरङका स्थानीय तहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले सञ्चार माध्यमको सवलीकरणमा स्थानीय सरकारका भूमिकाका विषयमा १४ वटै जिल्लामा कार्यक्रमको शुरूवात मोरङबाट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर