प्रदेश १ मा आज एकै दिन ७९१ जना संक्रमण मुक्त, थपिए ७४९ संक्रमित

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १८:५२

विराटनगर / प्रदेश १ मा आज एकै दिन ७९१ जना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमण मुक्त हुनेको संख्या यो प्रदेश १ मा अहिलेसम्मकै उच्च हो ।

सवैभन्दा बढी मोरङका ३२८ जना संक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्मकुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीयतहनखुलेका २, झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७–१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बा¥हदशी, गौरीगञ्ज र कमलगाउँपालिकामा ५–५, झापागाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २–२,उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीयतहनखुलेका २–२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीयतहनखुलेका १, इलामको इलामनगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, , पाँचथरको तुम्वेवामा ६ र स्थानीयतहनखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५