animated ellipse animated ellipse

थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन स्थगित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ आश्विन २०८०, मंगलवार १८:३०
108
Shares
विराटनगर / थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

आजका लागि तोकिएको निर्वाचन असोज २१ गते निर्वाचन समितिले स्थगित गरेको जनाएको छ । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन अधिकृत पुनितलाल चौधरीले सभापति बाहेकका पदमा निर्वाचन गर्ने तयारी अघि बढाएपछि मतदान रोक्न माग गर्दै अध्यक्ष पदका उम्मेदवार प्रदिपकुमार विश्वासले उच्च अदालतमा निवेदन दिएका थिए । प्रमुख निर्वाचन अधिकृत चौधरीले विधान विपरित निर्वाचन गराउने तयारी गरेपछि अदालत जानु परेको उनको भनाई छ ।

असोज १५ गते उच्च अदालतले १५ दिन भित्रमा विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको आदेश विरुद्ध असोज १८ गते निर्वाचन अधिकृतले निर्धारित मितिमै निर्वाचन हुने सूचना जारी गरेका थिए । अदालतको आदेशपछि पनि निर्वाचन कार्यक्रम अघि बढाएपछि विश्वास समूहले असोज १९ गते पत्रकार सम्मेलन गर्दै विरोध जनाएको थियो । गत साउन ८ र ९ गते भएको महाधिवेशनमा निर्वाचनका लागि प्रदिपकुमार विश्वास र प्रदिपकुमार भगतले अध्यक्षमा उम्मेदवारी दिएर मतदान गर्ने समयमा निर्वाचन अधिकृतले मतदान स्थगित गरेको विश्वासले बताए ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि मतदानको तयारी शुरु भईरहँदा अध्यक्षका उम्मेदवार विश्वास माथि दावी विरोध परेको भन्दै निर्वाचन अधिकृत चौधरीले मतदान स्थगित गरेका बताईएको छ । अध्यक्षका उम्मेदवार विश्वासले उम्मेदवार हुनका लागि विधान बमोजिम सवै योग्यता पुग्ने बताए । अनावस्यक रुपमा अर्को पक्षले बखेडा झिकेको उनको भनाई छ । निर्वाचन अधिकृत चौधरीले विधान विपरित एक पक्षीय रुपमा निर्वाचन गराउने खोजेकाले उनलाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गरे ।

निर्वाचन अधिकृतले अध्यक्ष पदका उम्मेदवार प्रदिपकुमार भगतको पक्षमा लागेर एक पक्षीय काम गरेको विश्वासको आरोप छ । भगतले तेश्रो कार्यकालका लागि उम्मेदवारी दिएपछि विश्वासले प्यानल नै बनाएर मतदानमा जानु परेको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनका लागि २७३ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर