पूर्वाञ्चल खबर
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठलाई कलेजको प्राज्ञिक र प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो ।
नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठ कान्तिपुर कलेजका अध्यक्षसमेत हुन् । उनीसँग यसअघि कान्तिपुर कलेजमै प्रिन्सिपलको रूपमा सफल कार्यकाल पूरा गरेको लामो अनुभव छ । पदभार ग्रहण गर्दै श्रेष्ठले कलेजको शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाउँदै विद्यार्थीको भविष्य र शिक्षा क्षेत्रको विकासका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।कलेज प्रशासनले अन्य पदाधिकारीहरूको पनि जिम्मेवारी बाँडफाँड गरेको छ ।
कलेजको निर्देशक एवं कोर्डिनेटरको रूपमा सागर श्रेष्ठ र आयुष लम्साल नियुक्त भएका छन् भने सुशील घिमिरेलाई निर्देशकको जिम्मेवारी दिइएको छ । कलेजका निर्देशक भुवन नेपालले विराटनगरलाई आइटी क्षेत्रको हब बनाउनुपर्नेमा जोड दिए । उनले भने, “विराटनगरलाई सूचना प्रविधिको मुख्य केन्द्रका रूपमा स्थापित गर्न विराट क्षितिज कलेजले आधारभूत भूमिका खेल्नेछ, हामी त्यही लक्ष्यका साथ अघि बढिरहेका छौँ ।”
विशेष गरी सूचना प्रविधिको अध्ययन–अध्यापनमा पहिचान बनाएको यस कलेजमा हाल त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीएससी सिएसआइटी र बीसीए कार्यक्रमहरू सञ्चालनमा छन् । अनुभवी नेतृत्व र दक्ष व्यवस्थापन टोलीको आगमनसँगै कलेजले आइटी शिक्षामा नयाँ उचाइ लिने विश्वास लिएको छ ।