AArya
RUMPUM
animated ellipse animated ellipse

झाँकीसहित विराटनगरमा संविधान दिवसको उत्सव (हेर्नुहोस् १३ तस्बिर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०८३, शनिबार १०:५०
3
Shares
विराटनगर / कोशी प्रदेश सरकारले आज विराटनगरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ ।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा सभागृहबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी सहिद मैदानमा पुगेर सम्पन्न भएको थियो ।

प्रभातफेरीमा विभिन्न समुदायका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । सहिद मैदानमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, सरकारी निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

संविधान दिवसका अवसरमा आयोजित निबन्ध, हाजिरी जवाफ, दौड र ब्याडमिन्टनका विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले पुरस्कार प्रदान गरे ।  तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर