AArya
RUMPUM
animated ellipse animated ellipse

मैत्रीपूर्ण फुट्सल खेलमा पत्रकार महासङ्घ मोरङ विजयी, अनिल श्रेष्ठ गरे ह्याट्रिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०८२, आईतवार १२:२९
108
Shares
विराटनगर / मैत्रीपूर्ण फुट्सल खेलमा पत्रकार अनिल श्रेष्ठको ह्याट्रिकले नेपाल पत्रकार महासङ्घ मोरङ शाखा विजयी भएको छ ।

आज भएको मैत्रीप्रर्ण फुट्सल खेलमा विराटनगर जेसिसलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै पत्रकार महासङ्घ मोरङले प्रतियोगिताको उपाधि जितेको हो।

खेलको सुरुवातमै विराटनगर जेसिसले अग्रता लिएको थियो। तर, त्यसपछिका केही मिनेटमै पत्रकार अनिल श्रेष्ठले बराबरी गोल गर्दै खेलमा फर्किए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा नेपाल पत्रकार महासङ्घले आक्रमक खेल प्रस्तुत गर्दै थप तीन गोल गर्न सफल भयो। तीमध्ये दुई गोल पनि अनिल श्रेष्ठकै नाममा रह्यो । उनको ह्याट्रिक पूरा भयो। बाँकी एक गोल पत्रकार हरि अधिकारीले गरे।श्रेष्ठको ह्याट्रिक र उत्कृष्ट प्रदर्शनका कारण उनलाई खेलको प्लेयर अफ द म्याच घोषित गरिएको थियो।

यो खेल विराटनगर जेसिसले आयोजना गरेको जेसिस विक को पहिलो दिनको आकर्षणको रूपमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर