खबर पूर्वाञ्चल
वलि दिन भारत लादै गरेको किशोरीहरुलाई भारतीय प्रहरीको सहयोगमा सशस्त्र प्रहरीको बीओपी भाण्टावारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काको नेतृत्वको टोलीले युवतीको उद्धार गरेको हो । किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका–४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान–१९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन् ।
पक्राउ परेका उनीहरुले नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन् । पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, आफ्नो केही विमार भएमा ठिक हुने तथा पुजा समाप्त हुना साथ केहि रकम समेत दिलाइ घर फर्काई दिने भनि पक्राउ परेकाहरुले प्रलोभन देखाएर भारत तर्फ लगेको अनुसन्धानका क्रममा खुल्न आएको सुनसरी प्रहरीले जनाएको छ ।
युवतीहरुलाई फकाएर सीमा क्षेत्र कटिसकेको अवस्थामा युवतीको उद्धार गरेको सशस्त्र प्रहरीका उपरीक्षक माधबप्रसाद पौडेलले जानकारी दिए । नेपालतर्फको भूभाग कटेर भारत प्रवेश गरेपश्चात भीमनगरमा रहेका भारतीय सुरक्षा बलका जवानलाई खबर गरेर उनीहरुकै सहयोगमा युवतीको उद्धार भएको हो । सशस्त्र प्रहरी उपरीक्षक पौडेलले ठूलो रकमको ‘डिल’ भएर युवतीलाई भारत पु¥याउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
केही दिनअघि सुनसरीको रामधुनी नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लगिएकोमा उनी भागेर नेपाल आएकी थिइन् । सो घटनामा पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई पनि बलि दिन लगेको आशंका छ ।
पक्राउ परेका उपर मानव बेचविखन तथा ओसार–पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको सुनसरी प्रहरीले जनाएको छ ।