खबर पूर्वाञ्चल
झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् । उनी टागनडुब्बा–३ स्थित ससुरालीमा गएका बेला घटना भएको हो । कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगाधेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर बसेका लामगाधेले नत्थुमाथि कुटपिट गरेको कोइरालाको भनाइ छ । तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी इटाभट्टामा रहेको पत्ता लगाएको थियो । नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ । कोइराला भन्छन्, ‘अभियुक्तले जतिसुकै चलाखी गरे पनि प्रहरीले निरन्तर निगरानी गरिरहेको हुन्छ, कसैले उन्मुक्ति पाउने कुरै हुँदैन ।’ घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत, झापाले लामगाधेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ ।