प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण

खबर पूर्वाञ्चल, २९ पुष २०७८, बिहीबार १८:२६

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ११४, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहवी र देवानगञ्जमा २–२ संक्रमण पुष्टि भयो ।

उता झापाको विर्तामोडमा ९, भद्रपुरमा७, दमक र मेचीनगरमा ४–४, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति, कचनकवल, बाहृदशी, हल्दिबारी र कनकाईमा १–१, उदयपुरको त्रियुगा र कटारीमा१–१, धनकुटाको धनकुटा नगरपालिका, संखुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५