AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख खापुङ्ग समक्ष दलित आयोग वार्षिक प्रतिवेदन पेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०८३, आईतवार २०:४१
27
Shares
विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई राष्ट्रिय दलित आयोगको पाँचौ बार्षिक प्रतिवेदन आज वुझाएको छ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० वमोजिम पाँचौ वार्षिक ९ आव २०८१/८२० प्रतिवेदन वुझाए।

प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै समाजमा वसोवास गर्ने सवै समुदायले समावेशी रुपमा शिक्षा,स्वास्थ्य एवं रोजगारीमा अवसर प्राप्त गरेमा समाज र राष्ट्र समुन्नत हुने बताए। उनले मुलुक सवै जातजातिे साझा भएको हुनाले समाजमा रहेको छुवाछुत अन्त्य हुनु जरुरी रहेको विचार राखे । प्रदेश प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानूनको कडाईका साथ कार्यान्वयन हुनु आवश्यक रहेको बताए।

आयोगका सदस्य सुन्दर पुर्कोटीले दलित माथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर