खबर पूर्वाञ्चल
सामाजिक विकास मन्त्री राईले भनिन्,‘ दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरवाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न उनले निर्देशन दिइन् । उनले भनिन,‘ मुख्यनाकाबाटमात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’
शसस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरि संवन्धि निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए । खुल्लासीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको उनले बताए । उनले पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको समेत दाव िगरे ।