AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सीमाना व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७८, शुक्रबार १६:४९
630
Shares
विराटनगर /प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।
भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सो निर्देशन दिएकी हुन् । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्के लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिइन् ।

सामाजिक विकास मन्त्री राईले भनिन्,‘ दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरवाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न उनले निर्देशन दिइन् । उनले भनिन,‘ मुख्यनाकाबाटमात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’

शसस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरि संवन्धि निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए । खुल्लासीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको उनले बताए । उनले पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको समेत दाव िगरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर