खबर पूर्वाञ्चल
विराटनगर जुटमिलको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर १५ नम्बर वडालाई ३–१ गोलले हराउँदै विराटनगर ११ फाइनलमा पुगेको हो ।
जितको लागि विराटनगर ११ का सागर तिवारीले दुई र बिवेक राईले एक गोल गरे । सान्तवना गोल विराटनगर १५ का विजय डंगोलले फर्काए ।
खेलको म्यान अफ द म्याच विराटनगर ११ का सागर तिवारी घोषित भए । उनले नगद १ हजार १ सय पुरस्कार पाए । उक्त पुरस्कार विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेलले वितरण गरे ।
बिहीबारको दोस्रो सेमिफाइनल खेल विराटनगर १२ र विराटनगर १६ बीच हुने आयोजक संस्थाका संयोजक विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया