खबर पूर्वाञ्चल
मोरङको बुढिगंगा गाउँपालिका ३ मुडेरी रमाईलो टोलबाट इप्रका नेमुवाका प्रमुख सही भुवन श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ का वर्ष ३० का मोहन राई, दुहबी नगरपालिका ६ का वर्ष २१ का विशालकुमार पासवान र भारत जिल्ला अररिया १२ बस्ने बर्ष १९ का मुन्नाकुमार पासवान रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उत्तरबाट दक्षिणतर्फ गईरहेको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा प्रदेश १–०२–०४३ प ५३८५ नं.को पल्सर मोटरसाइकलमा सवार राई र प्रदेश १–०२–४२ प २७३६ न.को सुपर स्पिलिन्डर मोटरसाइकलमा सवार विशाल , सोही मोटरसाइकलमा पछाडी सवार कुमार पासवानको साथबाट २ ओटा झोलामा अन्दाजी २९ के.जी अबैध लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ७३ हजार ५६० रुपैयाँ पनि बरामद गरेको छ ।