पूर्वाञ्चल खबर
काठमाण्डौ / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् ।
आज बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने । बैठकले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने निर्णय गरेको छ ।
नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिटसहित १७ सिट जितेको छ ।