animated ellipse animated ellipse

विराटनगरमा ‘अर्काे अर्थ नलागेमा…’ मञ्चन हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७७, आईतवार १९:२६
486
Shares
विराटनगर / वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा…’ विराटनगरमा मञ्चन हुने भएको छ ।

चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा…’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ ।

नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् ।

वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा…’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर