खबर पूर्वाञ्चल
प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाव मात्र रहेको छ । यसलाई मात्र अध्ययन तथा मूल्याङ्कन गर्दा पनि प्रदेश लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको देख्न सकिन्छ ।
यस विषम परिस्थितिमा पनि प्रदेश लोकसेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्षलगायत सम्पूर्ण टिमलाई प्रदेश प्रमुखले धन्यवाद दिएका छन् भने प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावहरुलाई सम्बन्धित निकायले समयमै विचार र्पुयाए राम्रो धारणा व्यक्त गरेका छन् ।